दफा ९०
जीवन बीमाको दाबी फस्यौंट
(१) बीमकले जीवन बीमा परिपक्व हुनुभन्दा सात दिनअगावै त्यस्तो जीवन बीमाको दाबी भुक्तानीको लागि बीमित वा बीमालेख धारकको नाममा लिखित सूचना जारी गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बीमित वा बीमालेख धारकले जीवन बीमाको दाबी भुक्तानीको निमित्त कागजात वा विवरण बीमक समक्ष पेस गरेमा बीमकले आवश्यक जाँचबुझ गरी जीवन बीमालेखको अवधि भुक्तान भएको सात दिनभित्र निजलाई जीवन बीमाको दाबी भुक्तानी दिनु पर्नेछ।
(३) कुनै जीवन बीमालेखको अवधि समाप्त हुनुअगावै सो बीमालेख लिने बीमितको मृत्यु भएमा ऐनको दफा १२७ बमोजिम भुक्तानी पाउने व्यक्तिले त्यस्तो,जीवन बीमाको रकम लिनको लागि देहायका विवरण खुलाई दाबी भुक्तानीको निवेदन बीमक समक्ष पेस गर्नु पर्नेछ:-
(क) दाबी सम्बन्धी विवरण,
(ख) बीमितको मृत्यु दर्ता प्रमाणपत्र,
(ग) दुर्घटनाबाट बीमितको मृत्यु भएकोमा मृत्युको कारण सम्बन्धमा शव परीक्षणको प्रतिवेदन र् सो नभए प्रहरी प्रतिवेदन,
(घ) बीमितसँगको नाता प्रमाणपत्र ।
(४) (उपनियम (३) बमोजिमको निवेदन प्राप्त भएपछि बीमकले जीवन बीमा दाबीको सम्बन्धमा पेस भएका कागजात समेतका; विवरण छानबिन गरी आवश्यक भए अन्य कुरा समेत बुझी, आफू समक्ष त्यस्ता कागजात प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको निमित्त निवेदकको नाममा सूचना जारी गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम जारी गरेको सूचनामा निवेदकले सहमति जनाएमा तीन कार्य दिनभित्र बीमकले दाबी भुक्तानी गर्नु पर्नेछ।